Rashtriya Dainik

एक दिवसीय निशुल्क स्वास्थ्य परिक्षण शिविर

अमृता सुनार/ नवलपरासी ,२६ वैशाख

सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.विमा एक दिवसीय निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

विद्यालयका सम्पूर्ण विद्यार्थी,अभिभावक र शिक्षकहरु गरी जम्मा ६४२ जनाको आँखा, दाँत, नाक, कान, घाँटी र पेट सम्बन्धी रोगको परिक्षण गरिएको विद्यालयले जनाएको छ ।


रुपन्देही देवदह स्थित देवदह मेडिकल कलेजको चिकित्सकएव स्वास्थ्यकर्मीहरुको टोलिले उक्त स्वास्थ्य परिक्षण शिविरमा प्राविधिक सहजीकरण गर्नुभएको थियो ।


स्वास्थ्य शिविरको आयोजनाबाट विद्यार्थीहरुको आधारभूत स्वास्थ्य समस्या पहिचान गरी समयमै अभिभावकलाई अवगत गराउँदा भविश्यमा ठुलो स्वास्थ्य समस्यान आओस भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको विद्यालयका प्राचार्य धनराज चापागाईले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित