अमृता सुनार/नवलपरासी ,वैशाख २६
सुनवल नगरपालिका वडा नं १ स्थित सुनवल माध्यमिक विद्यालयद्धारा शिक्षक अभिभावक संघ गठन,पुरस्कार एवंम सिटिजन्स बैंक सुनवल शाखाद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबिन्द्र कुमार कवर योगिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं १ का अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष थापाले कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा बिगतको बर्ष भन्दा राम्रो ९९ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएकोमा प्रधानाध्यापक लगाएत सम्पुर्ण विद्यालय परिवारलाई धन्यवाद र विद्यार्थीहरुलाइ बधाई दिदै यो शैक्षिक सत्रमा विद्यार्थीको संख्यामा बढोत्तरी र शिक्षाको गुणस्तर प्रति जोड दिनुभएको थियो ।

कार्यक्रममा सुनवल शिक्षा शाखा अधिकृत पशुपती भट्टराई, वडा सदस्य प्रसुराम कवर, निवर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, तिलकराम शर्मा ढकाल, सिटिजन्स बैंक सुनवल शाखा प्रमुख अर्जुन थापा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै गंगा कुमालको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । जसको सदस्यहरुमा भिम बहादुर दर्जी, आशा कवर, रन्जना कानु, राधा आले, अनिता चौधरी, मनिसा सुनार र सुजिता कवर सर्बसहमत चयन हुनुभएको छ । प्रधानाध्यापक रिता गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सह प्रधानाध्यापक चित्र बहादुर गुरुङले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

