राष्ट्रिय दैनिक / नवलपरासी ,२६ बैशाख
बर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले आगमी आर्थिक बर्षदेखि महिला स्वंयमसेविकालाई प्रोत्साहन स्वरुप ५० हजार थप गरि साढे दुई लाख र मोबाईल दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

बर्दघाट नगरपालिकालाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त सुनिश्चिता घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरभित्रका ४४ जना महिला स्वंयमसेविकाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै १५ हजारका दरले मोबाईल फोन समेत दिने बताउनुभयो । बर्दघाटमा चालु आर्थिक वर्ष २०८१/८२ मा कुल १ हजार ४ सय ६० जना सुत्केरी मध्य सबै जना अस्पतालमा सुत्केरी भएको तथ्यांक रहेको छ ।
नगरपालिकाले प्रसुती सेवालाई प्रभावकारी बनाउन प्रसुती केन्द्रको स्थापना, गर्भ जाँच र सुत्केरी तथा नवजात शिशुलाई चेक जाँच गरि खोप लगाउने काम गर्दै आएको छ।
यसैबिच बर्दघाद नगरपालिकाभित्र रहेका १६ देखि ५९ महिनासम्मका ३ हजार ७ सय सबै बालबालिकालाई खोप लगाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पनि घोषणा गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

