उमेश बि.क / नवलपरासी ,२५ जेठ
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर २ जावा ककरपत्त नगरमा भिच्छुहरुलाई भोजनदान गरिएको छ।

बुद्ध जयन्तीकाे अवसरमा सरावल गाउँपालिकाको आयाेजना तथा कोलवृक्ष पर्यटन विकास संस्था सरावल गा.पा.-२, जावाकाे सह-आयोजनामा बुटवलको गंगरनगर र शंकरनगर स्थित बौद्ध विहारबाट आएका ४ जना भिच्छुडी र ६ जना भिच्छु सहित १० बर्गिय भिच्छुसँघलाई भोजनदान गरिएको हो ।

बिहीबार एक कार्यक्रमबिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी ,उपाध्यक्ष बासमति हरिजनले बाैद्ध भिच्छुहरुलाई भाेजन गराई नगद तथा जिन्सी सामाग्री दान दिनुभएको हाे।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बाैद्ध भिच्छुहरुलाई भाेजन गराउन पाउँदा खुशी ब्यक्त गर्नुभएको थियोे । विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैंचा याे स्थानमा भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवर्धन र विकासमा गाउँपालिका लागिपरेको बताउनुभयो । वहाँले बुद्ध स्थलको प्रचार-प्रसारका साथै पर्यटकहरुको आवागमनमा समेत वृद्धि हुने विश्वास ब्यक्त गर्दै याे कार्यक्रम अगामी दिनका लागि समेत निरन्तर्ता दिने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी , निवर्तमान उपाध्यक्ष उत्तमा राय , वडा नम्बर १ वडा अध्यक्ष बिष्णु भट्टराई ,वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा नम्बर २ कार्यवाहक वडा अध्यक्ष तुफानीलाल गुप्ता,कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चाैधरी ,समाजसेवी कृष्णदत्त गाैरव थारु लगाएतकाे विशेष उपस्थित रहेको थियोे ।

उक्त कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गरिएको थियो ।

कोलवृक्ष बगैँचा रहेको उक्त स्थान केही वर्ष अगाडि मात्रै सो स्थान प्राचीन बौद्धकालीन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा गरिएको थियो । यसलाई पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खननका लागि पहल भइरहेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यो ककरपत्त नगर पनि बौद्धकालीन एक अति महत्वपूर्ण स्थान हो, जहाँ भगवान बुद्ध आफैँ आएर यो ककरपत्त नगरका निगम (नगर) प्रमुख दिर्घजानुलाई गृह सुख सन्देश सुनाएको स्थान हो । यसलाई पनि बुद्धको महत्वपूर्ण सन्देश दिईएको ऐतिहासिक स्थान हो ।

भगवान बुद्धले बौद्ध भिच्छुलाई विभिन्न सन्देश र देशना गरिएको भएपनि गृहस्थीहरूलाई कसरी मुक्तिकाे मार्ग पहिल्याउने सन्देश यो गृहसुख सन्देशमा उल्लेख छ । यसलाई पनि नेपालका र नेपालमा आउने अन्य मुलुकका बौद्धमार्गीलाई यस स्थानको पहिचान गराउन आवश्यक रहेको देखिन्छ ।

गाउँपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पूर्वाधार तथा सन्देश दिइने खालको मूर्तिको स्थापना समेत गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

