Rashtriya Dainik

शान्ती सुब्यवस्था र अपराध नियन्त्रणमा जोड दिने एसपी श्रेष्ठको प्रतिबद्धता

सुरेश यादव / नवलपरासी ,२५ बैशाख

पश्चिम नवलपरासीमा सरुवा भएर आउनुभएका जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक (एसपी) अनुपम श्रेष्ठले शान्ती सुब्यवस्था, अमनचयन,अपराध,चोरी नियन्त्रणमा जोड दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय परासीमा आयोजित संञ्चारकर्मीहरुसंगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले गफ भन्दा पनि नतिजा देखिने गरी काम गर्ने बताउनुभएको छ। प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौमा प्रहरी महानिरिक्षक सचिवालयबाट सरुवा भएर हिजो मात्रै नवलपरासी आउनुभएका एसपी श्रेष्ठले जिल्लामा गम्भिर समस्याको रुपमा देखिएको लागूऔषधको बिषयमा प्रहरी प्रशासन गम्भिर भएर उत्रने बताउनुभयो।

यस्तै पत्रकारहरुले सिमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसार,चोरी तस्करी नियन्त्रण, नदिजन्य पर्दाथको दोहन, योनजन्य क्रियाकलाप, छिटो छरितो सेवा प्रवाहलगायतको विषयमा प्रहरी प्रमुखको ध्यानआर्कषण गराएका थिए । एसपी श्रेष्ठले पत्रकारहरुको सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने बताउदै नागरिकसंगको साथ र सहकार्य आवश्यक भएको बताउनुभयो ।

यसअघि दश महिना बिताउनुभएका ज्ञानेन्द्र प्रसाद फुयाँलको सरुवा भएपछि पश्चिम नवलपरासीमा एसपी श्रेष्ठ आउनुभएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित