Rashtriya Dainik

लागू औषधसहित एक जना पक्राउ, नगद ३५ लाख बढी बरामद

बिनाेद निगम/ नवलपरासी ,२५ बैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीमा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ठूलो परिणाममा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति ५२ वर्षीय प्रेम नाथ बनिया हुन्, जो सोही वडामा डेरा गरी बस्दै आएका थिए।

गए बुधबार साँझ करिब ६:०० बजेको समायमा लागुऔषध नियन्त्रण ब्युरो भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले बनियाको डेरा कोठामा खानतलासी गरेको हो।

खानतलासीका क्रममा टिनको बाकसभित्र लुकाएर राखिएका विभिन्न ब्रान्डका लागू औषधहरू फेला परेका थिए।

प्रहरीका अनुसार कोठाबाट Diazepam 2 ml लेखिएको २४ एम्पुल, Phenergan 2 ml लेखिएको २२ एम्पुल, Buprenorphine 2 ml लेखिएको २१ एम्पुल, Onerex 100 ml लेखिएको ९ बोतल, Nitravet-10 लेखिएको ११ ट्याब्लेट, साथै सिरिन्ज ५ थान, ९ वटा विभिन्न कम्पनीका मोबाइल फोन, र विभिन्न दरका नेपाली नोटहरू गरी जम्मा रु. ३५,९९,८३५ बरामद गरिएको हो।

त्ससैगरी बनियाको शरीर खानतलासी गर्दा पाइन्टको अगाडिको खल्टीबाट सेतो हिरोइनजस्तो देखिने धुलो पदार्थ समेत फेला परेको छ, जसको तौल ४९७ मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका लागू औषध तथा नगदसहित प्रेम नाथ बनियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। बिहीबार जिल्ला अदालत नवलपरासी परासीबाट ७ दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित