Rashtriya Dainik

पश्चिम नवलपरासीमा लागुऔषध र नगद सहित एकजना प्रहरी नियन्त्रणमा

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ बैशाख

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे टाेलीले बुधबार साझ करिब ४:३० बजेतिर रामग्राम ६ पोखरपालीमा छापा मार्दा लागुऔषध ,माेबाइल र स्राेत नखुलेको नगद रकम सहित १ जनालाई नियन्त्रणमा लिएको हाे ।

प्रहरीकाे अनुसार उक्त समानहरु समातिएको ब्यक्तिकाे निवासबाट पक्राउ गरि प्रहरी कार्यलयमा थप अनुसन्धनको लागि लगिएको छ।

समातिएको ब्यक्तिकाे नाम र समानकाे सन्दर्भमा केहिदिनभित्रै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित