Rashtriya Dainik

पश्चिम नवलपरासीका करार सेवाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग

सुरेश यादव / नवलपरासी ,२५ बैशाख

पश्चिम नवलपरासीमा सरकारी कार्यलयमा कार्यकत अस्थायी तथा करार सेवाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष योजनामा समावेश गर्न माग गरेका छन् ।

२०८२ साल वैशाख १ गते राजपत्रमा प्रकाशित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना अनुसार नेपाल सरकारको तलब सेवा सुविधा लिनेलाई समाजिक सुरक्षा कोष योजनामा कार्यान्वयनका लागी तत्काल समावेश गर्न अस्थायी कर्मचारीहरुले माग गरेका हुन् ।

जिल्लाका सरकारी कार्यालयमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई पेसागत हकहितसम्बन्धी ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएका हुन्। सरकारले सामाजिक सुरक्षा कोषमा समावेश गर्ने बताए पनि बजेट अभाव जस्ता कारण देखाउँदै कोषमा सहभागी हुनबाट बन्चित हुनु परेको भन्दै उनिहरुले गुनासो गरेका छन् ।

अस्थायी तथा करार कर्मचारीहरुले सामाजिक सुरक्षाको मापदण्ड अनुसार सम्बन्धित निकायले आगमी आर्थिक बर्ष २०८२/८३ मा आवश्यक बजेट ब्यवस्थापन गरी कार्यान्वयनका लागी योजना अगाडी बढाउन माग गरेका हुन् ।

पश्चिम नवलपरासीमा रहेको सात स्थानिय तह र विभिन्न सरकारी निकाय गरि जिल्लामा करिब ५ सय अस्थायी तथा करार सेवाका कर्मचारीहरु कार्यरत रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित