Rashtriya Dainik

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

राष्ट्रिय दैनिक,२४ बैशाख

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। इन्स्टाग्राममार्फत उनले यो जानकारी दिएका हुन्।

’म केवल यो भन्न चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु, सेतो जर्सीमा मेरो देशको प्रतिनिधित्व गर्नु मेरा लागि ठूलो सम्मानको कुरा थियो।’ इन्स्टाग्राममा सेयर गरिएको स्टोरीमा रोहितले भनेका छन्, ’वर्षौंदेखि मैले पाएको माया र समर्थनका लागि सबैलाई धन्यवाद। म भारतका लागि एकदिवसीय ढाँचामा खेलिरहनेछु।’

रोहितले २०२४ को टी–२० विश्वकप जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतमा ४,३०१ रन बनाएका छन्, जसमा १२ शतक र १८ अर्धशतक समावेश छन्। रोहितको सन्न्याससँगै भारतले इङ्ल्यान्डविरुद्धको सिरिजमा नयाँ टेस्ट कप्तान पाउने भएको छ।

यो दौडमा जसप्रीत बुमराह, केएल राहुल, शुभमन गिल र ऋषभ पन्त अगाडि छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित