नवलपरासी ,२४ बैशाख
जिल्ला अदालत पश्चिम नवलपरासीको कर्मचारीलाई घुससहित पक्राउ परेको छ।
मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा अदालतका सहायक कम्पुयटर अपरेटर रामलखन बनियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले घुस सहित पक्राउ गरेको स्रोतले बतायो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

