उमेश बि.क / नवलपरासी, २३ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।
सरावल गाउँपालिका वडा नम्बर २ जावामा अवस्थित ककरपत्त नगरमा आज जनप्रतिनिधि र स्थानीयहरुसंग छलफल गरि ‘बुद्धजयन्ती’को अवसरमा विभिन्न कार्यक्रम गर्ने तय गरिएको हाे।
बैशाख २४ गते सरसफाइ कार्यक्रम , बैशाख २५ गते भिच्छु भाेजन दान र २८ गते महिला फुटबल प्रतियोगिता,महिला चम्मच डाैड ,डलवा डाैड र २९ गते सांस्कृतिक कार्यक्रम तथा किताब बिमाेचन कार्यक्रम गरिने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

बैशाख २५ गते भिच्छु भाेजन दानका लागि १५ जना भिच्छुहरुलाई भोजन दानको लागि आमन्त्रण गरिएको सरावल गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
आज सरावल २ ककरपत्त नगर जावामा स्थानीयशीत कार्यक्रमको लागि छलफल गरि तयारी तथा जिम्मेवारी बाडफाड गरिएको हो।
दान मध्ये सर्वश्रेष्ठ दान भोजनदान हुनु र त्यसमा पनि शिलमा रहेका भिच्छुलाई दान दिनु आफैमा उत्तम कार्य रहेकोले भोजनदानको आयोजना गरिएको गाउपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो ।

वहाँका अनुसार यस क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैंचा रहेको छ। भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवर्धन र विकासमा गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

बुद्धमार्गमा लाग्ने जो कोहीले एक पटक यो प्राचीन ककरपत्त नगर पुग्नु मंगल कार्य हुने छ । भिच्छुलाई भोजनदानको माध्यमले सो स्थानमा भिच्छुहरुको आगमन गराउने बताउनुभयो ।

भिच्छुहरु ति स्थानको बारेमा अध्ययन गर्ने गरे पनि स्थान त्यही हो भन्ने कुरा थाहा नहुन सक्छ, त्यो भएर सो स्थानमा भिच्छ्रुहरुलाई भोजनदान मार्फत उपस्थित गराउने, प्राचीन ककरपत्त नगरको प्रचार प्रसार भिच्छुसंघमा पुर्याउने माध्यम रहने अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै सरावल गाउँपालिका अन्तर्गत रहेका चार बुद्ध सर्किट सायुगा नगर , सजनेल नगर , कुन्डिय नगर र ककरपत्त नगरलाई पर्यटन प्रबर्द्धन तथा बिकासका लागि किताब तयारी सहित बिमाेचन पनि गरिने बताउनुभयो ।

छलफल तथा तयारी बैठकमा समाजसेवी कृष्णदत्त गाैरव थारु र पत्रकार बेचु गाैडले भिच्छुहरुलाई स्वागत सत्कार तथा खानपिन ब्यवस्थापन लगाएतको कामबारे सहजिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

