तुलसीराम पौडेल/लुम्बिनी ,२३ बैशाख
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर -२ मा स्थायी बसोबास गर्ने महिला तथा किशोरीहरुको लागि नि:शुल्क १५ दिने रेसमको धागोबाट माला, चुरा ,औँठी र कानवाली बनाउने तालिम सम्पन्न भएको छ।
लुम्बिनी सांस्कृतिक वडा नम्बर -२ को कार्यालयको आयोजना तथा ग्लोबल ट्रेनिङ्ग सेन्टर सिद्दार्थनगरको व्यवस्थापन सहयोगमा तालिम सम्पन्न भएको हो ।

तालिममा २५ जना किशोरी तथा महिलाको सहभागिता रहेको थियोे । तालिमको सहजीकरण प्रशिशक नन्दु चौधरीले गर्नुभएको थियोे ।
लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रबक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष इनामुल्लाह फकिरको अध्यक्षता, नगरपालिका उपप्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिका सामाजिक विकास शाखा प्रमुख शेषराम यादव ,वडा सचीव पशुपति लम्साल ,वडा सदस्य त्रिभुवन अहिर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रमको संचालन ग्लोबल ट्रेनिङ्गका सुनिता पाठकले गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

