Rashtriya Dainik

सरावल १ मा महिलाहरूलाई ३ दिने उद्घाेषण तालिम

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ तिलकपुरमा महिलाहरूलाई ३ दिने उद्घाेषण तालिम सुरु भएको छ ।


सरावल गाउँपालिका वडा नम्बर १ कार्यालयकाे आयाेजना तथा वडा स्तरीय महिला सन्जालकाे समन्वय तालिम सुरु भएको हाे ।

वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु भट्टराईकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सुरु भएको तालिमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले तालिमले महिलाहरुको सशक्तीकरणका लागि सहज पुर्याउने बताउनु भयो। उद्घोषण तालिमले महिलाहरुको बोल्ने कलाको बिकास हुनुको साथै उनिहरुको नेतृत्व र ब्यक्तित्व बिकासमा सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष चाैधरीले महिलाहरुको आर्थिक रुपमा सवल बनाउन बिभिन्न सिप तथा ब्यबसायिक तालिम सञ्चालन गर्दै आइरहेको र गाउँपालिका र वडाबाट प्रदान गरेका तालिमहरुलाई ब्यबसायिक रुपमा उपयोग गर्नु पर्नेमा जोड दिनु भयो।

त्यस्तै वडा नम्बर १ वडा अध्यक्ष भट्टराईले महिलाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गर्न उनिहरुभित्र रहेका अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उपर्युक्त वातावरण सृजना गर्न आवस्यक रहेको बताउनु भयो। आफुसंग क्षमता भएपनि अभिब्यक्त गर्ने तरिका र माध्यम भएन भने पनि आफु सधै पछि परिने भएकोले पनि वडा नं १ का महिलाहरुको बोल्ने कलाको बिकास गर्ने उद्धेश्यका साथ उद्घोषण तालिम संचालन गरिएको बताउनु भयो।

३० जना महिलाहरुकाे सहभागीता रहेको तालिमकाे सहजिकरण रेडियो परासीकाे प्रबन्ध निर्देशक मेघराज गाैतमले गर्ने बाल सहजकर्ता सन्जय माैर्यले बताउनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित