सुरेश यादव / नवलपरासी ,२३ बैशाख
जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर. सिके राउतले मधेशी र थारु मिल्न खोज्दा ठुला दलहरुको अस्तित्व खतरामा पर्ने डरले पार्टि एकता विथोल्न हस्तक्षेप सुरु गरेको आरोप लगाउनुभएको छ ।
जनमत पार्टी पश्चिम नवलपरासीले रामग्राम-४ जितपुरमा आयोजना गरेको पदाधिकारी भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले विचार मिल्ने नागरिक उन्मुक्ती पार्टीसंगको एकताले जनमत राष्ट्रिय शक्तीको रुपमा उदाउँदै गएको बताउनुभएको छ । उहाले पार्टि प्रति नागरिकहरुमा आशा र भरोसा समेत बढ्दै गएको दाबी गर्नुभयो ।
यस्तै पार्टीका राष्ट्रिय सचिव बालगोविन्द चौधरीले जनमत र नागरिक उन्मुक्तिबिचको एकता रोक्न खोजिएको भएपनि त्यो सम्भव नरहेको बताउनुभएको छ ।उहाले पार्टिले सधै जनताको पक्षमा वकालत गर्दै आएको बताउँदै विचार मिल्ने पार्टीसंगको एकता कुनै पनि हालतमा भएरै छाड्ने चेतावनी दिनुभयो ।

जिल्ला इन्चार्ज कृष्णकान्त चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष डाक्टर. सीके राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री सिके गुप्ता,प्रदेश सदस्य सन्तोष गिरी,जिल्ला उपाध्यक्ष कन्हैया चौधरी, ब्रिजनन्दन कुर्मीलगायतले पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दा, युवा सहभागिता, शिक्षा र रोजगारीका विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

