Rashtriya Dainik

इण्डियन आइडल १२ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा

राष्ट्रिय दैनिक / वैशाख २२,

इण्डियन आइडल १२ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी चम्पावतबाट दिल्लीतर्फ जाँदै गर्दा उत्तर प्रदेशको गजरौला क्षेत्रमा दुर्घटनामा परेका हुन् ।

हाइवेमा सीओ कार्यालयअगाडि रहेको एक क्यान्टर गाडीको पछाडि पवनदीप चढेको कार ठोक्किएको बताइएको छ । यस दुर्घटनामा उनका दुवै हात र खुट्टा भाँचिएको भएको छ । सामाजिक सञ्जालमा अस्पतालबाट लिइएको एक फोटो समेत भाइरल भएको छ, जहाँ उनी बेडमा उपचाररत अवस्थामा देखिन्छन् ।

कार पूरै क्षतिग्रस्त भएको छ । सो गाडीमा पवनदीपसँगै उनका दुई साथी पनि सवार थिए, जो दुवै गम्भीररूपमा घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेको र क्षतिग्रस्त गाडीलाई हटाउँदै सबै घाइतेहरूलाई तत्कालै नजिकैको एक निजी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित