Rashtriya Dainik

‘हाइ-मास्ट लाइट’ जडानले सरावल उज्यालो

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा हाइ-मास्ट लाइट जडान गरिएको छ । सरावल गाउँपालिकाले हाइ-मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

शान्ति सुरक्षा कायम गर्नका लागि पालिका परिसर र सरावल ४ गाेबरहियामा ‘हाइ-मास्ट लाइट’ तथा सरावल १ बासाबसही मेन राेडहरुमा सडक बत्ति जडान गरिएको हो ।

अग्लो र धेरै क्षेत्र समेटने गरी राखिएको हाइ-मास्ट लाइट प्रविधियुक्त छन् ।

पालिकालाई सुन्दर र उज्यालो बनाउनको लागि हाइ-मास्ट तथा सडक बत्ति जडान गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

हाइ-मास्ट लाइट र सडक बत्तीले चोरी डकैली लगायतका विभिन्न अपराधिक घटनामा कमी आउनुका साथै व्यवपारिक क्षेत्रका नागरिकलाई सहज हुने विश्वास छ ।

पहिलो चरणमा बासा , सरावल , गाेबरहिया र भुजहवा हाइ मास्ट लाइट जडान भएको छ ।
बजार क्षेत्रको विभिन्न नागरिहरुको चहलपल हुन्छ, ती स्थानमा हुनसक्ने कुनै पनि अपराधिक क्रियाकलापमा कमी ल्याउनका साथै सुन्दर सहर बनाउने उद्देश्यले जडान भएको अध्यक्ष चाैधरीले बताउनुभयो ।

पालिकाको करिब १० लाखको लागतमा हाइ-मास्ट लाइट र सडक बत्ति जडान गरेर सञ्चालनमा ल्याइएको र अरु अन्य स्थानमा लगाउने काम जारी रहेको पालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले बताउनुभयो ।

जडान भएको हाइ-मास्ट लाइट र सडक बत्तिको विद्युत महशुल पालिकाले व्यहोर्नेछ ।

पालिकाका अन्य स्थानहरूमा पनि बत्ती जडान गर्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित