राष्ट्रिय दैनिक / नवलपरासी ,२० बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा २, मनरीमा अवस्थित थारु सांस्कृतिक पार्क परिसरमा थारु संग्राहलयकाे भूमिपूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
थारु समुदायको सांस्कृतिक पहिचानको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले एक कार्यक्रम बिच उद्योग विभाग, नेपाल सरकारका महानिर्देशक राजेश्वर ज्ञवाली र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले निर्माण हुन लागेको थारु सांस्कृतिक पार्कको शिलान्यास तथा भूमिपूजन गर्नुभएको हाे।
उद्योग विभाग, नेपाल सरकारका महानिर्देशक राजेश्वर ज्ञवालीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई जगेर्ना गर्न यस्ता संरचनात्मक पहलहरू अत्यन्तै आवश्यक रहेको बताउँदै सरकार सधैं अल्पसंख्यक र मौलिक समुदायहरूको हकहितमा प्रतिबद्ध रहेको धारणा राख्नुभएकाे थियोे।
त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले सरावल गाउँपालिका कला ,सांस्कृतिले भरिपूर्ण रहेकोले यसको संरक्षण र प्रबर्द्धनका लागि गाउँपालिका लागि परेको बताउनु भएको हाे । यश पालिका भित्र विभिन्न समुदाय रहेकोले सबै समुदायको कला संस्कृति संरक्षण र प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम भइरहेको समेत जानकारी दिनुभयो । यश संग्राहलयमा थारु समुदायको पहिरन ,भेषभुषा र कलासंस्कृति झल्किने सामाग्री राख्ने बताउदै आफु जनप्रतिनिधि भए लगत्तै आफ्नो परिकल्पना अनुसार यश पार्कलाई प्राथमिकता दिइएकाे जानकारी दिनुभयो ।

नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्रालयबाट रु ४५ लाखकाे लागतमा थारु संग्राहलय निर्माण हुने सत्यनारायण चाैधरीले जानकारी दिनुभएको हाे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, थारु अगुवा, बुद्धिजीवी, समाजसेवीहरू लगायत समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। थारु सांस्कृतिक पार्क निर्माणसँगै संग्रहालयको स्थापना गरिनेछ जसमा थारु जीवनशैली, पहिरन, घर निर्माण , कृषि उपकरण, र परम्परागत सांगीतिक उपकरणहरू प्रदर्शित गरिने छ।

स्थानीय बासिन्दाहरूले यस योजनाबाट पर्यटकीय सम्भावना बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने र थारु संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

