Rashtriya Dainik

पश्चिम नवलपरासीमा न्यायीक समिति प्रथम जिल्ला सम्मेलन

उमेश बि.क / नवलपरासी ,२० बैशाख

पश्चिम नवलपरासीमा न्यायीक समितिकाे प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ।

साताैँ स्थानीय तहकाे आयाेजनामा नवलपरासीको परासीमा एक कार्यक्रम बिच न्यायीक समितिकाे प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हाे।

रामग्राम नगरपालिका उपमेयर एवं मेलमिलाप संयाेजक सम्झना चाैधरीकाे अध्यक्षता तथा सर्बोच्च अदालतकाे कामु न्यायाधीश सपना मल्ल प्रधानकाे प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन भएको हाे।

जिल्ला सम्मेलनलाई सम्बाेधन गर्दै सर्बोच्च अदालतकाे कामु न्यायाधीश प्रधानले न्याय सम्पादन गर्दा न्यायिक मन प्रयाेग गर्नुपर्ने बताउनुभयाे । वहाँले न्याय सरल , स्पष्ट र पहुचयुक्त हुनुपर्ने बताउदै जब विबाद कम हुदै जान्छ तब समाजकाे स्वरुप परिवर्तन हुदै जाने कुराकाे जिकिर गर्नुभएको थियोे ।


न्यायीक समिति प्रथम जिल्ला सम्मेलनमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव ,जिल्ला अदालत नवलपरासीका मुख्य न्यायाधीश केशव प्रसाद अधिकारी ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष केशव पराजुली लगाएतले पश्चिम नवलपरासीमा सन्ताेषजनक न्याय निरुपण भएको बताउदै कार्यक्रमकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


नवलपरासीको साताैँ स्थानीय तहकाे प्रतिवेदन अधिवक्ता सरस्वती शर्माले प्रस्तुत गर्नुभएको थियो ।

पाल्हिनन्दन गाउँपालिकाकाे उपाध्यक्ष फातुमा खातुन अन्सारीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको सम्मेलनकाे कार्यक्रम सन्चालन पत्रकार बिकास अधिकारीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित