Rashtriya Dainik

पत्रकारसंग उपमेयर न्यायिक सम्बन्धि अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ बैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पत्रकारसंग उपमेयर न्यायिक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

न्यायिक समिति रामग्राम नगरपालिकाकाे आयाेजनामा भएको अन्तरक्रिया कार्यक्रम नगरपालिका उपमेयर तथा न्यायिक समिति संयाेजक सम्झना चाैधरीले दिप प्रज्जवल गरि अन्तरक्रिया कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो ।


कार्यक्रममा सर्वोच्च अदालतका उप रजिस्टार प्रेम प्रसाद पाैडेल,रामग्राम नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष धनपत यादव , वडा नम्बर १७ का वडा अध्यक्ष कन्हैया माैर्य , नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव अनिल यादव लगाएतले कार्यक्रम सन्दर्भमा महत्त्वपूर्ण भनाइ राख्नु भएको थियोे ।

अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुवर , वडा अध्यक्षहरु , नगरकार्यपालिका सदस्यहरु , मेलमिलापकर्ताहरु तथा पत्रकारहरुकाे उल्लेख्य सहभागीता हरेकाे थियो ।

कार्यक्रममा न्यायिक समितिकाे न्यायिक कार्य सम्बन्धि ब्यवस्था तथा घर बहाल सम्बन्धमा सर्वोच्च अदालतका उप रजिस्टार प्रेम प्रसाद पाैडेलले प्रशिक्षण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित