Rashtriya Dainik

मधेश प्रदेश सरकारका सुचना संचार तथा गृहमन्त्री राजकुमार लेखीद्वारा सिमावर्ती क्षेत्र अनुगमन

राजन कुमार बानिया /पर्सा ,१९ बैशाख

मधेश प्रदेश सरकारका सुचना संचार तथा गृहमन्त्री राजकुमार लेखीले शुक्रबार छिपहरमाई गाउँपालिकाको सिमावर्ती नाका लगायत भिस्वा ,बुडगाई नाकाको प्रहरीचौकीहरु निरिक्षण गर्नुभएको छ।

गृहमन्त्री लेखीले सिमावर्ती नाकाको निरिक्षण गर्दै भिस्वा र बुढगाई प्रहरी चौकीको अनुगमनको क्रममा त्याहाका स्थितिबारे जानकारी लिनुभएको थियो।

नेकपा एमाले पर्सा उपाध्यक्ष र छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको पहलमा गृहमन्त्री लेखीले गाउँपालिकालाई एउटा बारुणयन्त्र दिने घोषणा गर्नु भएको थियो। साथै बुढगाई प्रहरी चौकीको भवन जिर्ण रहेकोले नयाँ प्रहरी चौकी निर्माण गर्ने जनाएका छन।साथै शान्ति सुरक्षालाई मध्यनजर गरि प्रहरी चौकीलाई सवारीको लागि मोटरसाइकलको ब्यवस्थापन गर्ने गृहमन्त्री लेखीले जानकारी दिनु भएको थियो। अहिले गर्मीयामको दिनमा अागलगी हुदा समस्या देखिएकोले यो गाउँपालिकामा बारुणयन्त्रको अवस्कता रहेकोले गाउँपालिकालाई एक महिना भित्र बारुणयन्त्र उपलब्ध गराउने गृहमन्त्री लेखीले प्रतिबद्धता गर्नु भएको थियो।साथै प्रहरी चौकीहरुको अवस्था हेरी बुढगाई प्रहरी चौकीमा नयाँ भवनको निर्माण गरिने साथै प्रहरी चौकीमा स्वारी सुबिधा एक महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको थियो।

सिमावर्ती नाका निरिक्षण प्रहरी चौकी अनुगमनको क्रममा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ,वडाअध्यक्ष मौजिलाला साह,पुर्ववडाअध्यक्ष राजबली यादव, युवा संघ पर्साका अध्यक्ष सुबास साह ,रामएकबाल पटेल,शिक्षक मनोज पटेल, नेकपा एमालेका प्रदेश कमिट, जिल्ला कमिटिका प्रतिनिधि , प्रहरी प्रशासन लगायत स्थानीय बासिदाको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित