सुरेश यादव / नवलपरासी ,१९ बैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-६ सगरमाथा टोलस्थित पोखरीमा डुबेर दुई दाजुभाई मृत्यु भएको छ । आज बिहान १० बजे खाना खाएर घरबाट संगै निस्किएका दाजुभाई साझसम्म घर नफर्किएपछि खोजतलास गर्दा उनिहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएका हो।
मृत्यु हुनेमा सुनवल-६ पुलटोलका विष्णु कवंरका १० बर्षिय छोरा विपसन कवंर र ८ वर्षिय छोरा दिपसन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

साझँ ५ बजेको समयमा बालकको शव पोखरीमा तैरिहरेको अवस्थामा स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले खबर पाउन साथ घटनास्थलमा पुगी एक जनाको शव पोखरीमा तैरिरहेको अवस्थामा र अर्कोको शव पोखरीमा गडेको अवस्थामा फेला परेको थियो ।
मृतक दुवै जना दाजुभाई जनसेवा मा.वि. विसाशयमा कक्षा ४ र २ मा अध्ययनरत विद्यार्थी हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

