सुरेश यादव / नवलपरासी ,१८ बैशाख
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेश आन्दोलनको समयमा भएको सहमति कार्यान्वयन नगरी मधेशी जनतालाई अन्याय गरेको आरोप लगाउनु भएको छ ।
जसपा नेपाल पश्चिम नवलपरासीको प्रथम जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै प्रमुख अतिथी यादवले सरकारले मधेश आन्दोलन र संघीयताको मर्मविपरीत ‘एक मधेश एक प्रदेश’ नदिएकाले अब जनसंख्याको आधारमा सुनिश्चित हुने गरी निर्णायक आन्दोलन गर्नुपर्ने बताउनुभयो ।साथै फरक प्रसंगमा बोल्दै उहाले नागरिकहरुले चुनावको समयमा आफ्नो अधिकारका लागि लड्ने पार्टीलाई भन्दा पनि मासु भात खुवाउनेलाई भोट हाल्ने प्रवृत्ति बढेको भन्दै सच्चाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सुरु भएको एकता प्रथम अधिवेशनबाट धरेन्द्र यादव सर्बसम्मत हुनुभएको छ । जसको उपाध्यक्षमा शेषनारायण सहानी,विजया लक्ष्मी शर्मा,गोविन्द पटेल,महेन्द्र गुप्ता र सुदर्शन खरवार सर्वसम्मत चयन भएका छन् भने मुख्य सचिवमा मदन यादव,सचिवमा कमलेश माली,कोषाध्यक्षमा रामकुमार गुप्ता,सह-सचिवमा श्यामसुन्दर पश्चिमा थारु,सुरेश यादव र गौरी शंकर गुप्ता निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक विरेन्द्र कुमार पटेलले जानकारी दिनुभयो।५७ सदस्सिय नया जिल्ला कार्यसमिती चयनको लागी कुल २५१ जना अधिवेशन प्रतिनिधी रहेका छन् ।
कार्यक्रम पार्टीका केन्द्रीय महासचिव राजकुमार शर्मा,पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव,प्रदेश अध्यक्ष राम अवतार यादव,उपाध्यक्ष चन्दा धामी हरिजन,युवा नेता कैलाश गुरुङ , जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादव,कपिलवस्तुका अध्यक्ष शैलेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी, नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी,जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेलगायतले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

जसपा नेपालका जिल्ला उपाध्यक्ष गोविन्द पटेलको स्वागत मन्तब्यमा सुरु भएको कार्यक्रमको संचालन प्रदेश सदस्य रुदल हरिजनले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

