कपिलवस्तु – वैशाख १८
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा भएको एक ट्रेक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन्।
विजयनगर गाउँपालिका–२ उक्ठहवा निवासी अन्दाजी २० वर्षीय श्यामलाल कोरीको घटनास्थलमै ज्यान गएको हो। ट्रेक्टर पल्टिँदा च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्, जसको पहिचान खुल्न बाँकी छ। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार ट्रेक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

