राष्ट्रिय दैनिक / नवलपरासी ,१८ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा १३६ औं विश्व श्रमिक दिवसको अवसरमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

सरावल गाउँपालिकाकाे समन्वय , एक्सन एड नेपालकाे आर्थिक सहयोग तथा इन्द्रेणी सामाजिक विकास मञ्च पन्चनगरकाे आयाेजनामा अनौपचरिक श्रमिक महिलाहरुको अधिकार प्रर्वद्धन परियोजना सम्बन्धित प्रारम्भिक अभिमुखिकरण एवं १३६ औं विश्व श्रमिक दिवसको अवसरमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको हाे।
मञ्चका उपाध्यक्षमा बिमल चन्द्र घिमिरेकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हाे।

अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले पालिकाले श्रमिकहरुलाई सम्मानजनक रुपमा ब्यवहार गरिरहेकाे बताउनुभएको हाे । पालिका भित्रै विभिन्न सिपमुलक तालिम आयाेजना गर्नुको साथै उनिहरुकाे ब्यवसाय प्रबर्द्धनका लागि सामाग्री सहयोग समेत गरेको बताउनुभयो । अध्यक्ष चाैधरीले श्रमिकका समस्या आफ्नाे समस्या मानि सबै श्रमजीवीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी ,कार्यपालिका सदस्य रामानन्द हरिजन ,नेपाली काङ्ग्रेस सरावल उपसभापति महेन्द्र चाैधरी ,नेकपा एमालेका नेता देवराज श्रेष्ठ ,जनमत पार्टीका नेता शैलेन्द्र चाैधरी ,राप्रपाका नेता सत्यनारायण चाैधरी , समाजिक अभियान्ता आरिफ अलि खाँ लगाएतले श्रमजीवीहरुका हक अधिकार तथा पारिश्रमिक र राेजगारका सवालका आ आफ्नो धारणा राखेका थिए ।
परियोजना बारे विस्तृत जानकारी इन्द्रेणी सामाजिक विकास मञ्च कार्यकारी निर्देशक पुष्पराज आचार्यले दिनुभएको थियोे । कार्यक्रम सन्चालन अभियानकर्मि नारायण दत्त घिमिरेले गर्नुभएको थियोे ।

सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म अनौपचरिक श्रमिक महिलाहरुको अधिकार प्रर्वद्धन परियोजना ८ महिनासम्म सन्चालनमा रहने मञ्चका उपाध्यक्षमा बिमल चन्द्र घिमिरेले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

