उमेश बि.क / नवलपरासी ,१८ वैशाख
नेपाल ट्रेड युनियन काँग्रेसले ‘आन्तरिक राेजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान ,सामाजिक न्याय सहितको समृद्ध राष्ट्रकाे निर्माण ’ भन्ने नाराका साथ आज देशैभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला शाखा पश्चिम नवलपरासीले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सुनवलमा शुभकामना आदानप्रदान कार्यक्रम गरी दिवस मनाएको हो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस नवलपरासी सभापति ज्ञान हरि अर्यालकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारकाे बन तथा वातावरण मन्त्री देव करण कलवार (सन्तु ) काे प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रम सम्बाेधन गर्दै मन्त्री कलवारले लोकतन्त्रमा मात्रै मजदुरका हक अधिकार स्थापना गर्न सकिने बताउनुभयो । वहाँले विकास र सम्बृद्धिले लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्ने बताउँदै श्रमजीवीहरु सधै चनाखो हुनुपर्ने बताउनुभयो । मन्त्री कलाकारले आफू सम्हालेका मन्त्रालयसंग रहेको हरेक काम गर्न तयार रहेको जिकिर गर्दै श्रमिकका समस्या आफ्नाे समस्या मानि श्रमिकका माग सरकारले प्राथमिकता दिइयोस् भनी ध्यानाकर्षण गराउदै सबै श्रमजीवीहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
त्यस्तै कार्यक्रमका अध्यक्ष नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालले एक मजदुरले अर्को मजदुरलाई सम्मान गर्नुपर्ने बताउनुभयो । सम्मान गर्न नसके सम्म मजदुरहरुको उत्थान नहुने बताउदै,वर्तमान अवस्थामा पनि मजदुरले न्युनतम पारिश्रमिक नपाएको, समान काममा फरक फरक ज्याला दिएको, त्यो पनि समयमा नपाउने जस्ता समस्या रहेकोले ट्रेड युनियन कांग्रेसले मजदुरका विभिन्न समस्याहरु रहेको बताउनुभयो । समस्या समाधान गर्नका लागी सवै मजदुर एकजुट हुनुपर्ने वताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति अर्जुन पाेख्रेल ,नेपाली काङ्ग्रेस बरिस्ठ सदस्य माेहन प्रशाद शर्मा ,नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न.२ सभापति माधव पाण्डेय,महासमिति सदस्य अनिता शर्मा,महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी,नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न.२ क सभापति यम भुषाल ,उद्योग बाणिज्य संघ सुनवल अध्यक्ष रमेश कर्माचार्य , नेपाल प्रेस युनियन सभापति उमेश कुमार बि.क लगाएतले मजदुर नेताहरुले परिवर्तनका साझेदार श्रमजीवीहरुलाई राजनीतिक दलहरुले सधै हतियार मात्र बनाएको गुनासो गरेका थिए । उनीहरुले राजनीतिक दलहरुले निर्वाचन अगाडि गरेको बाचा बारम्बार भुलेको समेत आरोप लगाएका थिए ।
नेपाल ट्रेड युनियन प्रदेश सहसचिव सदानन्द गुप्ताको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला उपाध्यक्ष संजय श्रेष्ठले गर्नुभएको थियो ।

मे १ तारिखको दिन संसारका धेरै देशमा श्रमिक दिवस मनाईन्छ । नेपालमा विराटनगरमा २००७ सालमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । सन् १९६३ देखि औपचारिक रुपमा यो दिवस मनाउँदै आईरहेको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

