Rashtriya Dainik

सुनवल वडा नं ७ मा वैशाख २२ गते देखि आठौँ मेयर कप फुटबल प्रतियोगिता संचालन हुने

अमृता सुनार/नवलपरासी ,वैशाख १८

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुदै आइरहेको नगर स्तरिय फुटबल प्रतियोगिता यो वर्ष सुनवल नगरपालिका वडा नं ७ मा संचालन हुने भएको छ ।

सुनवल नगरपलिकाको आयोजना तथा आठौँ मेयर कप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन उपभोक्ता समिति सुनवल ७ सहयोगी संस्था रहेको फुटबल प्रतियोगिता यही वैशाख २२ गते देखि जेठ ४ गते सम्म संचालन हुने आठौँ मेयर कप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन उपभोक्ता समितिका संयोजक ओमप्रकाश बाह्रघरेले जानकारी दिनुभयो ।

सुनवल नगरपालिकाका १३ वटै वडाका १३ टिम र आयोजकको १ टिम सहित १४ टिम सहभागी उक्त प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार, द्धितीय हुने टिमले ९० हजार र तेस्रो र चौथो हुने टिमले क्रमश २५/२५ हजार नगद सिल्ड र प्रमाण प्राप्त गर्ने संयोजक बाह्रघरेले बताउनुभयो ।

उहाले खेल नया मैदानमा खेलाउन लागिएको बताउदै यसले स्थान परिचित हुनुको साथै पर्यटक ल्याउने उद्धेश्य रहेको बताउनुभयो । आठौँ मेयर कप फुटबल प्रतियोगिता संचालन तथा व्यवस्थापन उपभोक्ता समितिका सचिव खड्क रानाको संचालन रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा नं ७ का वडाध्यक्ष नारायण आचार्य, ११ का वडाध्यक्ष कमल चुवाई, जिल्ला फुटबल संघका जित बहादुर पुन, संजिव लामा लगाएतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित