प्रकाश न्यौपाने /नवलपरासी ,१८ बैशाख
पश्चिम नवलपरासीको बर्दघाट–९, भुताहास्थित श्री कैलाशकुट शिव मन्दिरमा सम्पन्न शिवपुराण ज्ञान महायज्ञ–२०८१ बाट झण्डै २१ लाख रुपैयाँको बचत गरिएको छ। बिहिवार आयोजित आयब्यय सार्वजनिकरण कार्यक्रममा बोक्दै शिव पुराण समारोह समितीका सयोजक चन्द्रकान्त चापागाईंले २० लाख ७४ हजार ६ सय ७० रुपैया बचत भएको बताउनु भयो ।
२०८१ फागुन ४ गतेदेखि १४ गतेसम्म ११ दिनसम्म सञ्चालन भएको शिव पुराण महायज्ञमा मन्दिर संरक्षकहरूबाट २ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ, वरिष्ठ आजीवन सल्लाहकारहरूबाट १ लाख ६३ हजार ३ सय ७० रुपैयाँ, आजीवन सल्लाहकारहरूबाट ५ लाख ५१ हजार ४ सय ३८ रुपैयाँ र अन्य दाताबाट ११ लाख ९ हजार ५ सय ५१ रुपैयाँसहित विभिन्न शीर्षकमा दान संकलन गरि जम्मा ४१ लाख ९७ हजार ३ सय ४५ रुपैया आम्दानी भएको आर्थिक समिती सयोजक भिम प्रसाद खनालले जानकारी दिनु भयो ।
खर्च तर्फ महायज्ञमा दक्षिणामा ५ लाख ४७ हजार ६ सय, आरतीमा १ लाख ११ हजार, पुजा सामाग्री २ लाख १० हजार २ सय ६९, प्रचारप्रसारमा ३७ हजार, टेन्ट तथा साउन्डमा २ लाख ६६ हजार ३ सय, इन्धन ३९ हजार ९ सय ५५, स्टेशनरी तथा फोटोकपी ४ हजार ७सय ५०, मण्डप निर्माण १ लाख ४० हजार ३ सय ५१, प्रेस २ लाख १५ हजार, प्रसाद सामग्रीमा २ लाख ६८ हजार ७ सय १०, कपडा तथा अन्य सामग्री खरिद ५६ हजार ५ सय ५५, फर्निचर खरिदमा १३ हजार, नौमती बाजामा २७ हजार २ सय, फूलपाती सेलाउदाको खर्च१९ हजार ५ सयलगायत गरि जम्मा २१ लाख २२ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक खरालले जानकारी दिनु भयो ।
शिवपुराण ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक चन्द्रकान्त चापागाईंका अनुसार पारदर्शी ढंगले आर्थिक विवरणको तयारी गरिएको बताउनु भयो । “हामीले महायज्ञको हिसाब किताब चुस्त र दुरुस्त राखी लेखापरिक्षण समेत गरेर हिसाब सार्वजनिक गरेका छौं ।” चापागाईंले भन्नु भयो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

