Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाकै उत्कृष्ट वडा बनाउने मेरो लक्ष्य : वडा अध्यक्ष हरेन्द्र यादव

संजय कुशवाहा / नवलपरासी ,१८ बैशाख

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादवले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक बितेको बताउनुभएको छ ।

आफ्नो पहिलो कार्यकालमा थुप्रै जनमुखी काम भएकाले जनता दाेस्राे कार्यकालका लागि जिताएकाे बताउनुभयो ।

पत्रकारहरु शीत कुराकानी गर्दै उहाँले आफ्नो दाेस्राे कार्यकालमा उत्कृष्ट कामहरु गरेर जनताको मन जित्न सफल भएको बताउनुभयो ।

आफुले पहिलो कार्यकालमा बाटाे मर्मत तथा कालाेपत्रे ,सानो–सानो गल्लीमा ढल, शिक्षा ,कृषि , स्वास्थ्य जस्ता महत्वपूर्ण काम गरेको उहाँको दाबी छ ।

हाल सडक बत्ति जडान , कृषि उपकरण वितरण ,वडा स्तरीय सडक निर्माण तथा वडाका सडक , बालमैत्री कार्यक्रमहरु , खेलकुद प्रतियोगिता जस्ता महत्त्वपूर्ण काम प्राथमिकतामा राखि अगाडि कढिरहेकाे बताउनुभएको हाे।

आफुहरुले निरन्तर जनताका लागि विकासमुखी काम गर्दै आफ्नो तलबको केही रकम पनि सहयोग गरेको उहाँको दावी गर्नुभयो ।

आफूले आफ्नो कार्यकालमा लगभग आफ्नो घोषणापत्रको ८० प्रतिशत काम पुरा गरेको र बाँकी रहेका र थप जनमुखी काम पुरा गर्न प्रतिवद्धता जनाउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित