Rashtriya Dainik

नेपालबाट भारतीय प्रहरीद्वारा वान्टेड अपराधी चार्ली उर्फ कन्हैयाको अपहरणजस्तो शैलीमा पक्राउ

बिनाेद निगम / नवलपरासी ,१८ बैशाख

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ मा जन्तीमा सहभागी भइरहेका बेला ४५ वर्षीय कन्हैया उर्फ चार्लीलाई बुधबार बिहान ३ बजे भारतीय प्रहरीले अपहरण शैलीमा नियन्त्रणमा लिएको हो।

रामग्राम–२ निवासी चार्ली भारतमा गैंगस्टर एक्ट, हत्या प्रयास (धारा ३०७), ठगी, चोरी, जालसाजीलगायत १० भन्दा बढी मुद्दामा फरार अभियुक्त रहेको भारतीय प्रहरीले जनाएको छ।

उनीमाथि २५,००० भारतीय रुपैयाँ इनाम घोषणा गरिएको थियो। भारतको महाराजगञ्जका एसपी सोमेन्द्र मीना (आईपीएस) को निर्देशनमा सञ्चालित अपरेसनमा भारतीय प्रहरीले सूचनाका आधारमा चार्लीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चार्लीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि भारतको महाराजगंजको अदालतमा पठाइएको छ। प्रहरी उपरीक्षक श्री सोमेन्द्र मीनाद्वारा जारी निर्देशन र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित