Rashtriya Dainik

जगरनाथपुर-५ मसिहानीमा कालोपत्रे सडक निर्माण सुरु, पूर्वमन्त्री रिजालले गरे शिलान्यास

जगरनाथपुर । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा रहेको कच्ची बाटोलाई अब स्तरोन्नत्ती गर्दै कालोेपत्रे गर्ने कार्य सुरु गरिएको छ । संघीय सरकारका पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बुधबार मसिहानीको बोकाहवादेखि जगरनाथपुर गाँउ हुदैं पिपडाढीसम्मको सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै सुभारम्भ गरेका हुन् ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित ३ करोड ६८ लाख रुपैयाँको लागतमा साढे दुई किलोमिटर सडकको कालोपत्रे गर्न लागिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए । वीरगन्जको सन्तोष कन्ट्रक्सनले ठेक्का सकारेको उक्त सडक कालोपत्रे निर्माणको काम आगामी असार मसान्तभित्र सक्ने सम्झौतामा उल्लेख छ ।

गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव,कांग्रेस महासमिति सदस्य पन्चानन्द मिश्र, क्षेत्रीय सचिव बलिष्टर अहमद, अजय कलवार लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित