उमेश बि.क / नवलपरासी ,१७ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा लागू औषध दुरुपयोगविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ।

“लागु औषध विरुद्धको हाम्रो अभियान-स्वस्थ र सुरक्षित समाज हाम्रो पहिचान” मुल नारा सहित जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे आयाेजना तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीकाे समन्वयमा सचेतना कार्यक्रम गरिएको हाे।

विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जिउने वातावरण सिर्जनाका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीले कार्यक्रम आयाेजना गर्दै आइरहेको छ।
सचेतना कार्यक्रममा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी , विभिन्न क्लब , संस्था एवं सराेकारवाला ब्यक्तिहरुकाे सहभागिता रहेको थियो ।

सचेतना कार्यक्रमकाे सहजिकरण जिल्ला प्रहरी कार्यालय नवलपरासीको सइ युवराज सलामी मगरले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

