Rashtriya Dainik

सुनवलमा रहेको तीन हजार मेट्रिक टनको शीतभण्डार पुर्ण क्षमतामा सञ्चालन

सुरेश यादव / नवलपरासी ,१७ बैशाख

पश्चिम नवलपरासीको सुनवल नगरपालिका‐२ मुखियाटोलमा निर्माण गरिएको तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार अहिले पुर्ण क्षमतामा सञ्चालनमा रहेको छ। २० करोड ९८ लाखको लागतमा डेढ बिघा जग्गामा निर्माण गरिएको तिन तल्लाको शितभण्डारमा पाँच वटा चेम्बरहरु रहेका छन्। गत बर्षदेखि सन्चालनमा आएको शितभण्डार सुरुवाती चरणमा एउटा मात्र चेम्बर सञ्चालनमा रहेपनि अहिले समानहरु प्रयाप्त मात्रामा भएका कारण पाच वटै चेम्बरहरु भरिएका छन् ।

शितभण्डारमा स्थानिय उत्पादनसहित रुपन्देहि,गुल्मी, चितवनबाट आएका आलु,स्याउ,मकै,चना,जागर,टमाटले पाच वटै चेम्बर भरिएको जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभएको छ ।उहाले सन्चालनको सुरुवातमा केहि कम मात्रामा सामानहरु आयत हुदा पुर्ण क्षमतामा संचालन हुन नसकेपनि अहिले ७५/८० प्रतिशतले भरिएको, केहि सामान अर्डर भएको र आउने क्रम पनि जारी रहेको बताउनुभयो ।सन्चालनको पहिलो बर्षमा पुर्ण क्षमतामा सन्चालन आउन नसक्दा प्रशासनिक कार्य संचालनमा केहि समस्या भएपनि अहिले त्यो समाधान भएको बताउनुभयो ।

गतबर्ष शितभण्डार राम्रोसंग चल्न नसक्दा आईस बेचेर भएपनि कर्मचारी पाल्नुपर्ने बाध्यता रहेकोमा अहिले पाच वटै चेम्बर सन्चालनमा आउदा बार्षिक आम्दानी बढ्ने देखिएको छ । जिल्ला सहकारी संघको अगुवाईमा आधुनिक शीतभण्डार निर्माणका लागि संघीय सरकारको ६०, स्थानीय तहको २० र सहकारी संस्थाको २० प्रतिशत लगानी छ।पछिल्लो समय जिल्लामा शीतभण्डार नहुदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु भण्डारणका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता थियो।

करिब २५ करोड लागत स्टिमेट रहेको शित भण्डार निमार्णका लागि २० करोड ९८ लाखमा टेन्डर स्वीकृत भएको थियो ।विक्याट विल्डर्स काठमाण्डौंले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ सालमा सम्झौता गरेपनि कोरोनाका कारण ४ बर्षपछि मात्र निर्माणको काम सम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित