कृष्णनगर , बैशाख १६ । कपिलवस्तु जिल्लामा पहिलाे पटक बजार क्षेत्र लगायत गाडीकाे नम्बर प्लेटसहित स्क्यान गर्ने अत्याधुनिक क्यामेराकाे निगारानीमा कृष्णनगरकाे सुरक्षा व्यवस्था चुस्तदुस्त बनाइएकाे छ ।
कृष्णनगर बजार क्षेत्र , बहादुरगंज हुलाकी बाटाेकाे गाैरव शाह चाैक भन्सार , बसपार्क , गाेलघर लगायतका स्थानमा कुल २४ वटा क्यामेरा जडान गरिएकाे इलाका प्रहरी कार्उालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे छ । सिमा क्षेत्रका बजार र वरपर एरियामा सुरक्षा चुनाैतीलाई समाधान गर्न कपिलवस्तुमै पहिलाे पटक
नया प्रविधियुक्त ANPR camera २ वटा र त्यसका सहायक २ वटा कृष्णनगर- चन्द्राैटा सडकखण्डमा जडान गरिएकाे छ । क्यामेराले भेहिकल टाइप , भेहिकल क्लर , स्पिड चेक गर्न सक्ने क्षमता रहेकाेले सबै प्रकारका गाडीहरु खासगरी अवैधानिक क्रियाकलापमा संग्लन हुने गाडी र दुर्घटना गरि भाग्ने अपराधीसमेतलाई समात्न सकिने छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरकाे पहल तथा कृष्णनगर नगरपालिकाकाे आर्थिक सहयाेगमा प्रहरी कार्यालयभित्र सिसिटिभी क्यामेरा जडान गरिएकाे हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

