Rashtriya Dainik

पोखरिया नगरपालिकामा नया प्रमुख प्रशासकिय अधिकृतमा सिंह हाजिर

राजन कुमार बानिया
पर्सा । पर्साको पोखरिया नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत
राम विनय कुमार सिंहलेहाजिर भएर आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहबीच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।
नगरपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहानको अध्यक्षता रहेको थियो भने
उप प्रमुख रूबी ठाकुर, वडा अध्यक्ष नौसाद आलम, लक्ष्मण साह कानु, प्रमोद गिरी, परमानन्द प्रसाद कुर्मी, केदार साह, महेंद्र महतो, राम प्रवेश चौहान लेखा शाखा प्रमुख मन्दिप महतो,प्रशासन शाखा प्रमुख संजय पाण्डेय, नरेन्द्र साह लगायत सम्पूर्ण कर्मचारी हरुको उपस्थिती रहेको थियो।
सिंहलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा अधिकृत
सिंहले आफू जनताहरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । जनताहरुको कामकाजका साथै विकास निर्माणलगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिधि र कर्मचारीको समन्वयमा अगाडि बढ्ने बताए ।
उनले भने, ‘तपाइँहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी छ ।’ परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित