सुरेश यादव / नवलपरासी ,१६ बैशाख
बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा आउँदो ३१ गतेसम्म सडक विस्तारका लागि रातीको समयमा गाडीको आवागमन बन्द गरिने भएको छ ।यसअघि बैशाख १ देखि १५ गतेसम्म राती ११ देखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर विस्तारको काम हुँदै आएको थियो ।
पश्चिम नवलरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार दाउन्ने क्षेत्रमा रातीको समयमा सडक आवागमन बन्द गरेर भैरहेको विस्तारको काम थप १६ दिन आउदो बैशाख ३१ गतेसम्म ६ घण्टा हुने बताउनुभएको छ ।उहाले दाउन्नेमा पहाड काट्ने, कल्भर्ट निर्माण गर्ने र पर्खाल लगाउने कामलाई वर्षातअगावै सम्पन्न गर्नका लागि थप केही दिन राती ११ देखि विहान ५ बजेसम्म सडक आवगमन बन्द गरेर काम गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बुटवल-नारायण सडक खण्ड भएर यात्रा गर्ने यात्रु र चालकहरुले बाटो दुरदशाको अवस्थाका कारण लामो समयसम्म जाममा फस्ने, धुलोहिलोका कारण गन्तब्यस्थलमा पुग्न करिब ११/१२ घण्टासम्म ढिलो हुने गरेको गुनासो गरेका छन् ।
नारायणगढ–बुटवल सडकको १ सय १४ किलोमिटर सडकअन्तर्गत दाउन्नेबाट गैँडाकोटसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र दाउन्नेको १४ किलोमिटर खण्डमा ३ लेनको सडक विस्तारको काम भैरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
करिब १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रो पटक थप भएको म्याद यहि २०८२ साउन ८ गतेसम्म रहेको छ ।

निर्माण कार्यलाई प्रभावकारी बनाउन वैकल्पिक बाटोको रुपमा बुटवलतर्फ आउने यात्रुवाहक सवारी साधनलाई होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डमा रोकिनेछ भने मालवाहक सवारी साधनहरू चोरमारा र अरुणखोला बजार खण्डमा रोकिने भएका छन्। त्यस्तै, नारायणघाटतर्फ जाने यात्रुवाहक सवारीहरू चिसापानी र बर्दघाट खण्डमा तथा मालवाहक सवारीहरूलाई ज्यामिरे-हकुई खण्डमा रोक्न व्यवस्था मिलाइएको छ। साथै यात्रीहरूले भने वैकल्पिक मार्गको रूपमा कालीगण्डकी करिडोर अन्तर्गत गैडाकोट–राम्दी खण्ड प्रयोग गर्न सकिनेछ। आयोजना निर्देशनालयले निर्माण कार्यका कारण सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ l
यस्तै यात्री र चालकहरूलाई सवारी रोक्दा तथा सञ्चालन गर्दा लेन अनुशासनको कडाईका साथ पालना गर्न र भीडभाडका अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ। यदि नियम उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कडा भन्दा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

