सुरेश यादव / नवलपरासी ,१६ बैशाख
डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख (डिएफओ) जीवन पङ्गेनीले सुनवल नगरपालिका क्षेत्रभित्र रहेका नदिजन्य पदार्थ उत्खननको काममा असहयोग गरेको भन्दै कारबाही गर्न माग गरिएको छ। स्थानिय सरकारको क्षेत्रभित्र पर्ने नदिजन्य पदार्थको उत्खनन्, विक्रि तथा व्यवस्थापनमा सहयोग नगरि करोडौ राजस्व संकलनमा बाधा पुगाएको भन्दै जिल्ला समन्वय समिति प्रमुखसहित सातै पालिकाका प्रमुखहरुले पंगेनीलाई कारवाही गर्न संघिय र प्रदेश सरकारसंग माग गरेका हुन् ।
नदिजन्य पदार्थ उत्खनन्, विक्रि तथा व्यवस्थापनको विषयमा निर्णय गर्न बसेको जिल्ला अनुगमन समितिको बैठकमा उपस्थित भएर पनि माईन्युटमा हस्ताक्षर नगरी बाहिरिएको र सम्पर्कमा नआएकाले नदिजन्य पदार्थको ठेक्का आह्वानमा समस्या भएको भन्दै कारवाहीको लागी सिफारिस गरिएको जिसस प्रमुख तथा अनुगमन समिति संयोजक भगौती यादवले बताउनुभयो ।
सुनवल नगरभित्र पर्ने तुरीया खोला, विसासय खोला र भलुही खोलाबाट नदिजन्य पदार्थ उत्खननको काममा डिएफओ पंगेनीले असहमती जनाउदा काम अगाडी बढ्न नसकेको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले बताउनुभएको छ ।उहाले डिएफओको हस्ताक्षर बिना उत्खनन् स्वीकृतीका लागी राष्ट्रपती चुरे तराई मधेस संरक्षण विकास समितिलाई पठाइएको निर्णय अस्वीकृत भएको बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को प्रतिकुल हुने गरी प्रदेश सरकारबाट सामुदायिक वनले नदीजन्य पदार्थको विक्री वितरण तथा व्यवस्थापन गर्ने गरी बनाईएको कार्यविधिलाई आधार मानी वर्षौँदेखि स्थानीय नदीजन्य पदार्थ संकलन व्यवस्थापनमा डिभिजन वन कार्यालयले अवरोध सृजना गर्ने गरी शंकास्पद भूमिका खेल्दै आएको स्थानीय सरकारका प्रमुखहरुको गुनासो छ ।
स्थानिय सरकारले लामो समयदेखि उत्खनन् गरेर व्यवस्थापन गर्दे आएको नदिजन्य पदार्थको सन्दर्भमा डिभिजन वन प्रमुखको रवैया उपयुक्त नभएको भन्दै जिसस प्रमुख यादवको अध्यक्षतामा बसेको बैठकमा सातै पालिका प्रमुखले कारवाहीको माग गरेका हुन् । उक्त कारवाहीको माग सहितको पत्र जिल्ला समन्वय समितिले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा पठाएको भएपनि अहिलेसम्म कुनै जवाफ आएको छैन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

