बिनाेद निगम / नवलपरासी ,१६ बैशाख
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) — जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी प्रमुख (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालको सरुवा गरिएको छ। सोमबार प्रहरी प्रधान कार्यालयले फुयाललाई कार्य विभागअन्तर्गतको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरेको हो।
फुयालको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालय, नक्सालमा कार्यरत एसपी अनुपम श्रेष्ठलाई पठाइएको प्रहरीले जनाएको छ। श्रेष्ठले चाँडै नै जिल्ला प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हाल्ने तयारी भइरहेको छ।
एसपी फुयालले पश्चिम नवलपरासीमा आफ्नो कार्यकालका दौरान शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अब उनले काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा रहेर सुरक्षा सेवा व्यवस्थापनका कामहरू हेर्नेछन्।
नयाँ एसपी अनुपम श्रेष्ठलाई जिल्लाको शान्ति सुरक्षा सुदृढीकरण र सेवा प्रवाहमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

