Rashtriya Dainik

जन्मदिनमा लुम्बिनी केबलकारको टिकट दुईतर्फी निःशुल्क

लुम्बिनी,१५ बैशाख

लुम्बिनी केबलकारले जन्मदिनमा यात्रा गर्ने यात्रुहरूलाई दुईतर्फी टिकट निःशुल्क दिने घोषणा गरेको छ। केबलकार कम्पनीले यस अफरलाई १५ बैशाख आजदेखि लागू गर्ने जनाएको छ।

केबलकारको यात्रा प्रवर्धनका लागि ल्याइएको यस अफरअन्तर्गत जन्मदिनको मिति प्रमाणित गर्नका लागि आधिकारिक सरकारी कागजात देखाउनु पर्नेछ। यस अफरमा कामाख्या माई देवी मन्दिर दर्शन र वैदिक बिधिपूर्वक अष्टचिरञ्जिवी पूजा गरिदिने व्यवस्था गरिएको कामाख्या धामका मूल पुजारी सुरेश पौडेलले बताएका छन्। अष्टचिरञ्जिवी पूजा गर्नाले शरीर निरोगी एवं दीर्घायू हुने धार्मिक विश्वास छ।

केबलकारको माथिल्लो स्टेशन बसन्तपुर समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा छ। त्यहाँ तराईको भन्दा ८ देखि १० डिग्री सेल्सियससम्म तापक्रम कम हुने भएकाले गर्मी मौसममा शीतल र चीसो हुनुका साथै धुंवाधुलोको प्रदुषणमुक्त स्वच्छ वातावरणमा रमाउन सकिने जनाएको छ ।

साथै बसन्तपुर डाडामा स्तरीय रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यानलगायत पर्यटकहरु रमाउने र भुल्ने पुर्वाधार समेत बनेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित