Rashtriya Dainik

नेपाल तरुणदल विनयी त्रिवेणी वडा नं. ६ र ७ को पुर्णकालिन सदस्यता वितरण तथा अधिवेशन

आरपि उपाध्याय / नवलपरासी ,१५ फागुन

नेपाल तरुणदल विनयी त्रिवेणी वडा नं. ६ र ७ को पुर्णकालिन सदस्यता वितरण तथा अधिवेशन एक कार्यक्रमका बिच त्रिवेणीको शिवपुरगढीमा शनिवार सम्पन्न भएको छ ।

नेपाल तरुणदल विनयी त्रिवेणीका अध्यक्ष गणेश तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपाली काग्रेस महासमिति सदस्य गणेशमान श्रेष्ठले नेपाली काग्रेसलाई बलियो तथा उर्जावान गराउने उद्देश्यले नेपाल तरुणदलको स्थापना भएको हुँदा तरुणदल नेपाली काग्रेसको अभिन्न अंग भएको बताउनु भयो ।

महासमिति सदस्य श्रेष्ठले भष्ट्राचार विरुद्धको अभियानमा तरुणदलको महत्वप्ुर्ण भूमिका रहने बताउदै तरुण दलमा आबद्ध युवाहरु अनुशासित र सैयमित भई पाटीको गतिविधिमा सक्रिय रहनु पर्ने धारण राख्नु भयो ।

सो अवसरमा अर्का महासमिति सदस्य चेतन पौडेलले आफनो स्थापना कालदेखि नै नेपाली काग्रेसको भातृ संगठनको रुपमा पाटीले दिएको जिम्मेवारीलाई आत्मसाथ गरी पाटी भित्र हुने वेथितिलाई समाप्त पार्दै राष्ट्रियता लोकतन्त्र समाजवादको लक्ष्य प्राप्तिका लागि अगाडी बढनु पर्ने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरुणदल नवलपुरका अध्यक्ष मिन बहादुर घलेले सबैलाई धन्यवाद ज्ञापन गर्दै नेपाल तरुण दलले नेपाली काग्रेसलाई बलियो र अनुशासित रुपमा अगाडि बढाउनु पर्ने धारणा राख्दै पाटीलाई चलाएमान बनाउन तरुणहरुको काधमा थप जिम्मेवारी बढेको विचार व्यक्ति गर्दै पाटीमा मौलाउदै गरेको गुटउपगुटबाट मुक्त भई निति विचार आदश प्राप्तिको बाटोमा अगाडी बढन सबै युवालाई अपिल गर्नुभयो ।


कार्यक्रममा नेपाली काग्रेस विनयी त्रिवेणका उपसभापती प्रकाश कुँवर तरुण दल नवलपुरका उपाध्यक्ष राजन सुवेदी, नेपाली काग्रेस विनयी त्रिवेणी ७ वडा सभापति निरन्जन थापा, महिला संघकी राधा कार्की, संदिप शर्मा लगाएतले अधिवेशनको सफलाको कामना गर्नु भएको थियो ।


सम्पन्न अधिवेशनले विनयी त्रिवेणी वडा नं. ६ मा दामोदर प्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय तथा वडा नं. ७ बाट संदीप शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्व सहमत चयन भएको कार्यक्रम सञ्चालक विशाल सिंह भण्डारीले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित