अमृता सुनार/नवलपरासी ,१५ वैशाख
सुनवल नगरपालिका वडा नम्बर १ स्थित शहरी स्वास्थ्य सेवा केन्द्रमा एक कार्यक्रम आयोजना गरी पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भएको छ ।
शहरी स्वास्थ्य सेवा केन्द्र ब्यवस्थापन समितीका संयोजक तथा वडा अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष थापाले वडा नम्बर १ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको जानकारी दिँदै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सबै स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पूर्णखोप सुनिश्चित गर्नु मात्र ठूलो कुरा होइन यसलाई दिगो बनाइ राख्न अझ बढी प्रयास गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य बाल कुमारी परियार, प्रसुराम कवर सदस्य, कृष्ण बहादुर क्षेत्री, टोल बिकास सस्थाका अध्यक्ष लाल बहादुर चोखाल, वीर बहादुर जिसी, वडा सचिव उषा गिरि, मेनुका तिमिल्सिना र स्वास्थ्यकर्मि लगाएतको उपस्थिति रहेको थियो । शहरी स्वास्थ्य प्रमुख यामकला न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन अहेब गोमा कवर योगिले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

