Rashtriya Dainik

सरावल १ तुलसीनगरमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१४ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका १ तुलसीनगरमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सरावल गाउँपालिकाे सहयोग तथा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीकाे आयाेजनामा २ दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे ।

तारा रानाकाे अध्यक्षता तथा सरावल गाउँपालि अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले आदिवासी जनजाती नेपालको धर्तिपुत्र रहेको भन्दै आदिमकालदेखी बसोवास गर्दै आएको जनजातीको केहि अधिकार प्रजातन्त्र र लोकतन्त्रले ल्याएको प्रस्ट पार्नुभएकाे थियोे । देशमा बिबिध भषा संस्कृती र पोशाक रहेको भन्दै एकले अर्काको अधिकार र धर्मको सम्मान गर्नुपर्ने जनाउनुभएकाे थियो । अध्यक्ष चाैधरीले पृथ्बीनारायण शाहको दिब्य उपदेशको स्मरण गर्दै नेपाल बिबिध जातजातीको साझा फुलवारी भएको बताउदै नेपालका केहि शाशकहरुले जातमा भाषामा र अधिकारमा बिभेद गरेकै कारण जनजातीले आफ्नो अधिकार राज्यसंग खोज्नु परेको आवश्यकता औल्याउनुभएकाे थियोे ।

प्रशिक्षण कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमती हरिजन ,सुनवल -१ वडा अध्यक्ष मन बहादुर थापा ,थाकस जिल्ला अध्यक्ष मुन्द्रिका चौधरी लगाएतले बाेल्नुभएकाे थियो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला भरिको विभिन्न जातीय सँगठन थारु,मगर,गुरुङ ,नेवारका प्रतिनिधिहरु लगाएत १४० जनाकाे उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रमकाे सहजिकरण चुरा थापा र दिपक बरालले निवेदन तथा माइनेट लेखन एवं नेतृत्व बिकास सम्बन्धि कार्यक्रम संचालक सचिव देवान गुरुङले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित