राष्ट्रिय दैनिक / नवलपरासी ,१४ बैशाख
भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएक रुपन्देही बुटवलका सुदीप न्यौपानेको सम्झनामा पश्चिम नवलपरासीको परासी स्थित बुद्ध चाेकमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न.२ द्वारा शोक सभा तथा दिप प्रज्वलन कार्यक्रम सभापति माधव पाण्डेयकाे अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य सहकारी विभागका प्रमूख एवं पुर्ब गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमूख अतिथ्यतामा उक्त कार्यक्रम गरिएको हाे।

शोक सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्बाेधन गर्दै नेता कण्डेलले भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । शनिबार साझ बुद्ध चाेकमा बाेल्दै घटनामा परी ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हाे। वहाँले भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै हिन्दू समुदायलाई नै मर्माहत पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै हुने बताउँदै त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना र निन्दा गर्नुभएको हाे।

कार्यक्रममा लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार ,नेपाली काङ्ग्रेस नवलपरासी कार्यबाहक सभापति विक्रम यादव ,लुम्बिनी प्रदेश सदस्य वैजनाथ जैसवाल लगाएतले भारतकाे जम्मु कस्मिरमा राज्यकाे पर्यटकिय स्थल पहलगाममा नेपाली सुदिप न्याैपाने र भारतिय लगायत विदेशी पर्यटककाे निर्मम हत्या गरिएकाे आतंकवादी कार्यकाे निंदा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गत मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

