Rashtriya Dainik

सुनवलले अत्यावश्यक दमकलको सट्टा दुई वटा स्कार्पियो खरिद गरेको भन्दै चौतर्फी आलोचन

सुरेश यादव / नवलपरासी ,१३ बैशाख

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले विपद् व्यवस्थापनका लागि अत्यावश्यक दमकलजस्ता उपकरणको सट्टा पदाधिकारीहरुको सुविधालाई मध्यनजर गरि आवश्यक विहिन स्कार्पियो खरिद गरेको भन्दै चौतर्फी आलोचन सुरु भएको छ ।

चालु आर्थिक बर्ष २०८१/८२ सकिन करिब तिन महिना बाकी रहदा विपद् व्यवस्थापनका लागि एकदमै आवश्यक रहेको दमकलको सट्टा सुविधाभोगी स्कार्पियो खरिद गरेको भन्दै नगरबासीहरुले तिब्र आलोचना गरिरहेका छन्। उनिहरुले यस अघिका वर्षमा सुनवल क्षेत्रमा आगलागीका घटना हुदा ठूलो जनधनको क्षति समेत हुने गरेको तर नगरपालिकाले त्यसतर्फ ध्यान नदिई पदाधिकारीहरुको सुविधालाई मध्य नजर गरि स्कार्पियो खरिद गरेको भन्दै गुनासो बढेको हो ।

सुनवल वडा नम्बर-२ का स्थानिय पुर्णबहादुर पौडेलले जनप्रतिनिधिहरु विकास निर्माण भन्दा पनि करोडौं मूल्य पर्ने गाडीमा फजुल खर्च गरि सुविधामा लिप्त बनेको आरोप लगाएका छन। उहाले स्कार्पियो खरीद गर्नुभन्दा त सामाजिक काममा प्रयोग हुने दमकल ,एम्बुलेन्स, फोहोर उठाउने गाडीजस्ता उपकरण खरीद गरेको भए सम्पूर्ण पालिकावासीहरु नै फाईदाको बिषय बन्ने बताउनुभयो ।

विगत वर्षदेखि नै सुनवल नगरपालिकामा दमकल नहुदा यस क्षेत्रमा पटक-पटक आगलागी,डढेलोजस्ता घटना हुदा समयमा नियन्त्रणमा नआई ठूलो जनधनको क्षति हुने गरेको र आगलागी नियन्त्रणका लागी रामग्राम,बर्दघाट र छिमेकी जिल्ला रुपन्देहिको देवदह नगरपालिकाबाट समेत सहयोग माग्नु पर्ने बाध्यता छ।

यता सुनवल नगरपालिकाले भने कार्यलय प्रयोजनका लागी एउटा मात्र सवारीसाधन रहेको र त्यो अपुग भएपछि आवश्क्ताको आधारमा थप २ वटा स्कार्पियो खरिद गरेको जनाएको छ।६१ लाखको दरले खरिद गरिएको दुई वटा गाडीको मुल्य १ करोड २२ लाख रहेको छ ।जुन नगरसभाबाट बजेट विनियोजन गरि बोलपत्र आह्वानमाफर्त खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित