Rashtriya Dainik

पत्रकार रन्जित लाेहारलाई मार्ने धम्की दिएकोमा प्रेस युनियन र प्रेस क्लबहरुको ध्यानाकर्षण

राष्ट्रिय दैनिक / नवलपरासी , १२ बैशाख

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीकाे सदस्य र परासी प्रेस क्लबका महासचिव एवं पाल्हीनन्दन प्रेस क्लबका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकका संवाददाता रञ्जित कुमार लोहारलाई मार्ने धम्की दिएकोमा युनियनको ध्यानाकर्षण भएको छ ।

बैशाख ९ गते भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलाबारे सामाजिक सञ्जालमार्फत जनचासो अभिव्यक्त गर्न खोजेका पत्रकार लोहारमाथि पाल्हीनन्दन गाउँपालिका–५ स्थित एक धार्मिक शिक्षालय (मदरसा) का प्रधानाध्यापक जुल्फेकार अहमदले म्यासेन्जर मार्फत अपमानपूर्वक व्यवहार गर्दै मार्ने धम्की दिएकाे पत्रकार लाेहारले युनिनलाई जानकारी दिइएका हुन ।

पत्रकार लोहारले आफूले सामान्य व्यक्तिगत धारणा राखी “Tek Xetri” नामक फेसबुक पेजमा सार्वजनिक भएको विषयवस्तु सेयर मात्र गरेको बताए। उक्त पोस्टमा आतंकवादी हमलाको समर्थन हुने किसिमका अभिव्यक्तिहरू रहेका थिए, जसलाई उनले समाचारको चासोका रुपमा मात्र सेयर गरेको जनाएका छन्। तर, उक्त सेयरलाई लिएर प्रधानाध्यापक अहमदले “तिमीले जुन गरेको छौ, गलत गरेको छौ। म १-२ दिनमा घर आएपछि तिमीलाई लेखाई र सेयरको महत्व देखाउँछु” भन्ने आशयको धम्की दिएको जनाइएको छ।

कुनै पनि फेसबुक पाेस्ट र सेयर गरेकोप्रति गुनासो भए त्यसविरुद्ध कानुनी उपचार या प्रेस काउन्सिलमा उजुरी गर्नसकिने प्रावधानविपरीत पत्रकारलाई यस किसिमको व्यवहार गरी धम्क्याएको यो घटनालाई प्रेस युनियन र पत्रकारको विभिन्न क्लबले निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी हर्कतको रुपमा प्रेस युनियनको अध्यक्ष उमेश कुमार बि.क ले लिनु भएको छ ।

प्रेस युनियन अध्यक्ष बि.क ले यो हर्कतको कडा भर्त्सना गर्नुभएको छ । र, धम्की दिनेलाई कानुनी दायरामा ल्याएर पत्रकारलाई स्वतन्त्र र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत जनाउनु भएको छ।

युनियन र क्लबले उक्त कार्य पत्रकारिताको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सद्भावमाथिको गम्भीर आक्रमण भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासन र सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ।

युनियन र प्रेस क्लबले सम्पूर्ण पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी र कानुनी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई एकजुट भई यस्ता घटना विरुद्ध आवाज उठाउन समेत आह्वान गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित