Rashtriya Dainik

प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना घाईते

सुरेश यादव / नवलपरासी ,१२ बैशाख

पश्चिम नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना ब्यक्ति घाईते भएका छन् । घाईते हुनेमा प्रतापपुर-६ गुठी परसौनीका रघुविर केवट, प्रेमलाल कोईरी, उमा कोईरी रहेका छन् भने अर्का एक जना सुस्ता-५ का मोहम्मद मिया छन् । उनिहरुको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ ।

प्रतापपुर गाउपालिका-६ मोतीपुरमा आज बिहान स्थानियहरु खेतमा काम गरिरहेको समयमा अचानक आएको चितुवाले आक्रमण गर्दा उनिहरु घाईतेले भएका थिए। घाईतेहरुको पृथ्बी चन्द्र अस्पताल परासीमा उपचार पश्चात् घर फर्किएका छन्।

यस्तै आक्रमण गरी फरार रहेको चितुवाको नियन्त्रणका लागी वन रक्षकको टोली र प्रहरी चौकी गुठी परसौनीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक हरि कुवंरको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित