Rashtriya Dainik

आयुर्वेद औषधालय: निःशुल्क सेवा, तर जनचेतनाको अभाव

बिनाेद निगम / नवलपरासी ,११ बैशाख

१६ सालदेखि निरन्तर रूपमा सेवा दिँदै आएको कुस्मा आयुर्वेद औषधालय नवलपरासी जिल्लाको सबैभन्दा पुरानो आयुर्वेदिक संस्था हो। पाल्हिनन्दन गाउँपालिका–३ मा अवस्थित यस औषधालयले निःशुल्क उपचार सेवा दिँदै आएको भए पनि आम नागरिकमा यसको जानकारी अभाव देखिएको छ।

यहाँ आयुर्वेदिक विधिबाट विभिन्न रोगहरूको उपचार भइरहेको छ। आयुर्वेदिक डाक्टर धर्मेन्द्र खनालका अनुसार भारतको महाराजगंज जिल्लासम्मका सेवाग्राहीहरू यहाँ उपचारका लागि आउने गरेका छन्। “हामीकहाँ दैनिक रूपमा भिन्न-भिन्न समस्या लिएर बिरामीहरू आउँछन्,” खनालले भने, “स्थानिय तभन्दा बाहिरका मानिसहरू अझ बढी लाभ लिइरहेका छन्।”

औषधालयमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिहरू सजिलै उपलब्ध छन्। साथै, बाफ सेकै लगायतका परम्परागत उपचार विधिहरू पनि नियमित रूपमा प्रयोगमा ल्याइन्छन्।

स्थानिय ७० वर्षीय ताहिर खानले दुई वर्षदेखि आधुनिक औषधि प्रयोग नगरेर केवल आयुर्वेदिक उपचारमा भर परिरहेका छन्। उनले भने, “म धेरै रोगी थिएँ, अब आयुर्वेदिक औषधिले धेरै सहज भएको छ।”
त्यस्तै, एकजना स्थानीय महिलाले पनि आयुर्वेदिक औषधिले आफूलाई लाभ पुगेको अनुभव सुनाउँदै यसप्रकारको सेवा अझ विस्तार हुनुपर्ने धारणा राखिन्।

कुस्मा आयुर्वेद औषधालयले पुरातन चिकित्सा पद्दतिलाई निरन्तरता दिँदै आएको भए पनि यसको प्रचार–प्रसार र जनचेतनाको कमीले गर्दा धेरैले सेवा लिन नसकेको जनाइएको छ। स्थानीय तह तथा सम्बन्धित निकायहरूले यसको महत्वलाई बुझेर अझ व्यापक रुपमा प्रवर्द्धन गरेमा यसले थप नागरिकलाई फाइदा पुर्‍याउन सक्ने विश्वास लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित