Rashtriya Dainik

बाराको पथलैयबाट अवैध चाँदी बरामद

वीरगन्ज ,११ बैशाख

बारा प्रहरीले अवैध रुपले भित्राएको चादी थलैयाबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमान्डमा सिमरा उप- महानगरपालिका वडा नम्बर १ स्थित पथलैया चौकमा खटिएको प्रहरी टोलीले बीरगन्जबाट दाङ तर्फ जाँदै गरेको बा.प्र ३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको क्याबिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी ६ किलो ( ४) रोल बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम बिजयराज पन्डितले जानकारी दिए।

पक्राउ परेका  चाँदी करिब १० लाख ८० हजार मूल्य बराबरको रहेको प्रबक्ता पंन्डितले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित