बझाङ, वैशाख ११ — धनगढीबाट बझाङतर्फ आइरहेको एक मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ स्थित गोल्डेनमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। दुर्घटनामा बझाङ जिल्लाको बुंगल नगरपालिका–२, दहबगरका अन्दाजी ३२ वर्षीय चालक अर्जुन धामीको मृत्यु भएको हो।
ट्रकमा सवार अन्य दुई जना यात्रुहरूको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। उनीहरूको सनाखत भने अझै हुन बाँकी रहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण ट्रक अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
मृतकका शव पोष्टमार्टमका लागि डोटी अस्पताल पठाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

