Rashtriya Dainik

वेवारिसे अवस्थामा युवतीको शव फेला

विनोद निगम /नवलपरासी ,८ बैशाख

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५, सिसवा र पिपरहवामा आज करिब ४ बजेको समयमा अन्दाजी १८–२० वर्षकी युवतीको शव फेला परेको छ।

प्रहरीका अनुसार पिपरहवा र सिसवा गाउँ को बीच सन्तराम धोवीको निर्माणाधीन घरमा भित्ताको प्वालमा साडीको पासो लगाएर झुण्डिएको अवस्थामा ती युवतीको शव फेला परेको हो। हालसम्म शव फेला परेकी युवतीको नाम, थर र वतन खुलेको छैन।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक प्रबिण चौलागाईंको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेको थियो। साथै जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का प्रहरी निरीक्षक राजाराम यादवको नेतृत्वमा SOCO सहित थप ७ जना प्रहरी टोली पनि घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार घटनास्थलमा आवश्यक प्रारम्भिक अनुसन्धान तथा मुचुल्का तयारी पश्चात मृतकको शव पोष्टमार्टम तथा सनाखतका लागि पृथ्वीचन्द्र अस्पताल, नवलपरासीमा राखिएको छ।

मृतकको हुलिया अनुसार उनले जिन्सको ज्याकेट, गुलाबी रङको सेतो बुट्टा भएको कुर्ता र सेतो सुरवाल लगाएकी थिइन्। उचाइ ५ फिट १ इन्च, वर्ण गहुँगोरो, शरीर पातलो रहेको प्रहरीले जनाएको छ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) ले मृतकलाई चिन्न सक्ने व्यक्तिहरूलाई आफन्तलाई खबर गर्न तथा निम्न नम्बरहरूमा सम्पर्क राख्न अनुरोध गरेको छ –
हटलाइन: १००
फोन नम्बर:०७८–५२०१९९
९८५७०४५४०३/९८५७०९१२००

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित