Rashtriya Dainik

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,८ बैशाख

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था विनयी त्रिवेणी ६ को आयोजनामा वित्तीय साक्षरता कार्यक्रम त्रिवेणी धाममा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष तारादेवी पौडेलले कार्यक्रमको उद्घाटन गर्दै वित्तीय साक्षरता तालिमले संस्थाका सदस्यहरुलाई आर्थिक क्रियाकलापको ज्ञानमा अभिवृद्धि हुने विचार व्यक्त गर्दै यस्ता खाले तालिम अत्यन्त फलदायी रहने धारणा राख्नुभएको थियो।
विभिन्न चरणमा आयोजना गरिएको वित्तीय साक्षरता तालिमलाई सहजीकरण गर्दै सहजकर्ता नेत्र सापकोटाले संस्था संग कारोबार गर्दा अनिवार्य रुपमा बचत गरिनुपर्ने धारणा सहितको सहजीकरण गर्नुभयो।
वित्तीय साक्षरता तालिममा रुकमिणीदेवी सापकोटा,सीता भट्टराई,राधा कार्की, अन्जु ठकुरी लगायत सहभागीहरुले आफ्नो अनुभव समेतको धारणा राख्नुभएको आयोजक संस्थाले बताएको छ।
“सदस्यहरुको गुणस्तर जीवनको लागि दिगो वित्तीय संस्था” भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिमको दोस्रो चरणमा ३० महिला सदस्यहरुको उपस्थिति रहेको बताएको छ।
तीन चरणमा गरिने तालिमको पहिलो चरणको तालिम चैत्रको पहिलो सप्ताहमा गरिएको थियो भने दोस्रो चरणको तालिम वैशाखको पहिलो साता र अन्तिम चरणको तालिम वैशाखकै अन्तिम सातामा सञ्चालन गरिने पनि संस्थाले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित